सभामुख सापकोटालाई चिनियाँ राजदूतको बधाई

डिसी नेपाल
१३ माघ २०७६ २१:०१

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा शुभकामना व्यक्त गरिन् । सभामुख सापकाटाले शपथ ग्रहण तथा पदवहालीलगत्तै सिंहदरबारमा पुगेर राजदूत यान्छीले कार्यकाल सफलताको कामना गरिन्।

भेटमा उनीहरुबीच दुई देशका जनता तथा संसद्बीचको सम्बन्धका बारेमा विचार विमर्श भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । सापकोटा आइतबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

सभामुख सापकोटाले आज संघीय संसद् सचिवालयका कर्मचारीलाई विवेक प्रयोग गरेर काम गर्न निर्देशन दिनुभयो । सो अवसरमा सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत कर्मचारीको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *