‘कोरोना भाइरसको संक्रमण रोक्न त्रिभुवन विमानस्थलमा उच्च सतर्कता’

डिसी नेपाल
१४ माघ २०७६ ७:४९

काठमाडौा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाइएको छ ।

विदेशबाट काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने यात्रुको ‘थर्मल स्क्यान’ भनिने यन्त्र जडान गरेर स्वास्थ्य परीक्षण गरेर ज्वरो आए-नआएको हेर्ने गरिएको छ।

विमानस्थललाई ‘उच्च सतर्कता’मा राख्दै कर्मचारीहरूलाई मास्क वितरण गरेको र कोरोनाभाइरसको जोखिमबाट बच्ने उपाय सिकाइएको छ ।

चीनमा ८० जनाको ज्यान लिइसकेको कोरोनाभाइरसबाट अहिलेसम्म ३,००० जना सङ्क्रमित भएको पुष्टि भइसकेको छ।

नेपालमा पनि कोरोनाभाइरसको सङ्क्रमण भएका व्यक्ति फेला परेको पुष्टि भएको छ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ठूलो सङ्ख्यामा विदेशबाट मानिस नेपाल भित्रिने एक प्रमुख नाका हो।

अध्यागमन विभागका अनुसार त्यहाँबाट दैनिक ६,००० देखि ७,००० मानिस नेपाल भित्रिने गरेका छन्।

पाँचवटा चिनियाँसहित २७ अन्तर्राष्ट्रिय वायुसेवाहरूले विमानस्थलबाट दैनिक ४५ भन्दा बढी उडान सञ्चालन गर्छन्।

नेपालको हिमालय एअरलाइन्सले पनि चिनियाँ सहरहरूमा उडान गर्दै आएको छ।

त्रिभुवन विमानस्थलमा २०७० सालदेखि यात्रुको स्वास्थ्यको जाँच गर्न र उनीहरूले सरुवा रोग भित्र्याए-नभित्र्याएको निगरानी गर्न एउटा विशेष हेल्थ डेस्क राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *