सोमबार राति नै आस्थालाई भेट्न अस्पताल पुगेकी रेखाले लेखिन् भावुक स्टाटस्
काठमाडौँ । चर्चित नायिका रेखा थापाले सोमबार राति त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल पुगेर गायिका आस्था राउतलाई भेटेकी छन् ।
सोमबार बिहान प्रहरीसामु आत्मसमर्पण गरेकी गायिका राउतले बिरामी भएको बताएपछि प्रहरीले अस्पताल लगेको हो । सोमबार राति गायिका राउतलाई अस्पतालमै गएर भेटेकी नायिका थापाले फर्केपछि लामो स्टाटस लेखेकी छन् ।
नायिका थापाले लेखिकी छन्, “आस्था राउत प्रहरी हिरासतमा रहेको र उनले प्रयोग गरेका अभिब्यक्ती बारे सबैजसो लाई थाहा छ । उनकै शब्दमा समग्र प्रहरी संगठन प्रती पर्न गएको अमर्यादा बारे भुल स्विकार पनि गरेकी छन् । यस बाहेक आस्था एक नागरिक पनि हुन र उनले सेवा प्रबाहमा गरिने व्यबहार बारे सुधारको लागि आक्रोसित भएको देखिन्छ । व्यक्ति नागरिक र पदाधिकारी जो भएपनी मानविय व्यबहार र असुन्तुष्टी पोख्ने ठाउँ नै यस्तै सार्वजनिक स्थलहरु हुने गर्दछ ।”
यसलाई ठुलो बिषय र संस्था प्रतिको आक्रमण नठनी एउटा सेवाग्राहिको जान अन्जान आक्रोसको रुपमा लिएर यथासिघ्र हिरासत मुक्त गर्नुपर्दछ । यसबाट हामी सबैले सकारात्मक पाठ सिक्नु पर्छ र सुधार हुने अबसर ठान्नु पर्छ । आस्थाले नियोजित अपराध होइन भुल र आक्रोसमा अपशब्द बोलेको रुपमा लिनु पर्छ ।
यस्ता घटना धेरैका वास्तविक जीवनमा घटेका हुन्छन र कैयन सार्वजनिक हुँदैनन । सिक्दै जाने क्रममा समाज पनि सुधार हुँदै जाने भएकोले यसलाई कानुनी र प्रशासनिक बिषय मात्रै बनाउनु हुँदैन ।
सोमबार प्रहरी सम्पर्कमा आएकी गायिका राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले ४ दिन थुनामा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो । गायिका राउतमाथि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीलाई दुव्र्यवहार गरेर आरोप छ ।
Facebook Comment