कोबी ब्रायन्टको मुत्यु कसरी हुनेछ ? ८ वर्ष पहिल्यै भएको थियो भविष्यवाणी !

डिसी नेपाल
१४ माघ २०७६ १०:२०

काठमाडौं। विश्वका चर्चित र महान बास्केटबल खेलाडी कोबी ब्रायन्टको २६ जनवरी २०२० मा एक हेलिकप्टर दुर्घटनामा निधन भयो । उनको निधनप्रति विश्वभरीबाट दुःख प्रकट गरिएको छ । यससँगै अहिले उनको मृत्युको भविष्यवाणीको विषय चर्चामा छ । ८ वर्ष पहिल्यै उनको मृत्युको भविष्यवाणी भएको थियो । भविष्यवाणीमा उनको मृत्यु हेलिकप्टर दुर्घटनामा हुने किटान गरिएको थियो ।

डटनोसो (@dotNoso) नामका ट्वीटर प्रयोगकर्ताले १४ नोभेम्बर २०१२ मै यो कुराको भविष्यवाणी गरिदिएका थिए कि कोबी ब्रायन्टको मृत्यु हेलिकप्टर दुर्घटनामा हुनेछ । भविष्यवाणी सत्य भएपछि अहिले ८ वर्ष पुरानो त्यो ट्वीट भाइरल भइरहेको छ । यी ट्वीटर युजरको भविष्यवाणी सत्य भएपछि अहिले मानिसहरु ट्वीटरमा उनलाई ट्याग गरेर आफ्नो जीवनका धेरै कुराहरु सोधेका छन् । कैयौंले यस विषयमा मिम पनि बनाएका छन् ।

४१ वर्षका कोबी ब्रायन्टको निधन अमेरिकाको क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनामा भएको थियो । कोबी जुन हेलिकप्टरमा थिए त्यसमा उनकी १३ वर्षकी छोरी पनि थिइन् । कोबीको निधनपछि उनका फ्यानहरु शोकाकुल छन् । उनलाई बास्केटबलका जादूगर पनि भनिन्थ्यो । उनले रेकर्ड कमाइको साथमा बास्केटबलबाट सन्यास लिएका थिए । करिअरमा उनले कैयौं रेकर्ड आफ्नो नाममा बनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *