इजरायली नागरिकले साउदी अरेबिया भ्रमण गर्न नपाउने

डिसी नेपाल
१४ माघ २०७६ १२:२४

काठमाडौं। इजरायली नागरिकले साउदी अरेबिया प्रवेश गर्न नपाउने भएका छन् । इजरायलले आफ्ना नागरिकलाई साउदी जान अनुमति दिएलगत्तै साउदीले इजरायलीहरुलाई आफ्नो देशमा प्रवेश गर्न नदिइने बताएको हो । इजरायलमा आन्तरिक मामिला मन्त्री आर्यश डेरीले आइतबार इजराली नागरिकहरु जो मुस्लिम वा जेउहरु हुन्, उनीहरुले धार्मिक वा व्यवसायिक प्रयोजनका लागि साउदी भ्रमण गर्न सक्न्े बताएका थिए ।

लगत्तै साउदीका विदेशमन्त्री राजकुमार फैजल बिन फरहानले सोमबार इजरायली नागरिकहरु आफ्नो देश आउन नसक्ने बताएको अल जजीराले लेखेको छ । साउदी अरेबियामा इस्लाम धर्मका सबैभन्दा पवित्र तीर्थस्थलहरु छन् जहाँ मुस्लिमहरु जान चाहन्छन् । अधिकांश अरब राष्ट्रहरुजस्तै साउदी अरेबियाको पनि इजरायलसँग कूटनैतिक सम्बन्ध छैन । ‘हाम्रो नीति स्थिर छ । हाम्रो इजरायलसँग कूटनैतिक सम्बन्ध छैन र इजरायली पासपोर्ट धारकहरुले हाम्रो देश भ्रमण गर्न पाउने छैनन्’ राजकुमार फरहानले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *