अमेरिकाको आलाबामा ३५ डुँगामा आगलागी, कम्तिमा ८ जनाको मृत्यु
वासिङ्टन डिसी, अमेरिका । अमेरिकाको अलाबामामा ३५ वटा डुंगामा आगो लाग्दा कम्तिमा ८ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
उक्त आगलागीमा परि ज्यान गुमाएका २ जनाको शव पानीबाट निकालिएको र अन्य ७ जना हराईरहेको समाचारमा जनाईएको छ ।
अलाबामाको ज्याक्सन काउन्टी पार्कमा राखिएका डुँगामा आगलागी भएको थियो । सो क्षेत्रमा अधिकांश डुंगाहरु घरायाशी प्रयोजनमा राखिएका थिए ।
दुर्घटनापछि शरीरका केही भागहरु जलेर घाईते भएका ७ जनालाई जीवितै उद्दार गरेर अस्पताल लगिएको छ।
प्रतिक्रिया
Facebook Comment