केटाले केटीमाथि होइन केटीले केटामाथि एसिड खन्याइन्, बाटोमा कुरेर बसेकी थिइन्

डिसी नेपाल
१४ माघ २०७६ १४:५८

काठमाडौं। एकतर्फी प्रेममा परेका केटाहरुले केटीमाथि तेजाब खन्याएको घटना हामीले धेरै सुनेका छौं । तर, पछिल्लो समय यसको ठिक विपरित भएको छ । एकतर्फी प्रेममा पागल भएकी केटीले केटामाथि एसिड आक्रमण गरेकी छिन् । आज तकको समाचार अनुसार यो घटना भारतको उत्तर प्रदेशको उन्नाव जिल्लामा भएको हो ।

यहाँ उक युवतीले युवकमाथि एसिड आक्रमण गरेकी छिन् । उन्नावको मौरावा थाना क्षेत्रको भवानीगंज इलाकामा एक वर्ग विशेषकी युवतीले एकतर्फी प्रेममा एक युवकमाथि एसिड खन्याएकी हुन् । यो घटना सोमबार बेलुकाको हो । युवकमाथि एसिड खन्याउनको लागि युवती पहिलेदेखि नै बाटोमा लुकेर कुरेर बसेकी थिइन् । युवक आएपछि युवतीले पछाडिबाट युवकको शरीरमा एसिड खन्याइदिइन् ।

गाउँलेहरुले युवक आत्तिएर कराएको सुनेपछि तत्कालै जम्मा भएर उनलाई अस्पताल पठाए । आक्रमणबाट युवकको हालत यतिसम्म बिग्रिएको छ कि जिल्लामा उपचार हुन नसकेपछि उनलाई लखनउ पठाइयो । त्यहाँ पनि युवकको अवस्था चिन्ताजनक भएको बताइएको छ । गाउँलेले तत्कालै पुलिलाई सूचना दिएका थिए । पुलिसले अगाडिको कारवाही गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *