गोकुलमको जितमा सावित्राले गरिन् ५ गोल

काठमाडौं । सावित्रा भण्डारी चम्किएको खेलमा गोकुलम केरेलाले भारतको हिरो महिला लिग फुटबलमा प्रभावशाली जित निकालेको छ ।
मंगलबार दिउँसो भएको समूह बीको खेलमा सावित्राको पाँच गोलमा गोकुलमले केन्क्री फुटबल क्लबलाई १०–१ गोल अन्तरले पराजित गरेको हो ।
गोकुलमले पहिलो खेलमा श्रीभुमीलाई १–० गोल अन्तरले पराजित गरेको थियो । सो खेलमा सावित्राले निर्णायक गोल गरेकी थिईन् ।
लिगका दुई खेलमा सावित्राले ६ गोल गर्न सफल भएकी छिन् ।
प्रतिक्रिया
Facebook Comment