जावलाखेललाई पराजित गर्दै आर्मी शीर्ष स्थानमा

काठमाडौं । कप्तान भरत खवासको गोलमा आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै आर्मीले लिगमा अग्रता लिएको छ । आर्मीको जितमा भरत खवासले निर्णायक गोल गरे ।
जितसंगै आर्मीले ९ खेलबाट २० अंक जोडेको छ । उसले दोस्रो स्थानको मछिन्द्रसंग एक अंकको अग्रता लिएको छ । मछिन्द्र १२ अंक सहित लिगको आठौं स्थानमा यथावत छ ।
प्रतिक्रिया
Facebook Comment