भर्जिनियाका नेपाली बालबालिकालाई आफ्नो समाजबारे सिकाउने प्रयास

भर्जिनिया। स्थानीय नेपाली संस्था NACC को आयोजनामा अमेरिकामा भएका नेपाली बाल बालिकाहरु लाई आफ्नो भाषा, संस्कृति, सभ्यता र संस्कारमा कसरी सहभागी र समाहित गराउन सकिन्छ भन्ने उद्देश्यले भर्जिनियाको लोरटन स्थित दुर्गा मन्दिरमा आइतबार बृहत कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा खरिद गर्न लागिएको नेपाली-अमेरिकन सामुदायिक केन्द्र निर्माणको लागि जुनियर्स सदस्य कसरी बनाउने, बच्चाहरूको लागि हामीले के गर्न सक्छौं भनी यसको बारेमा अभिभावकसहित बालबच्चाहरुको उपस्थितिमा छलफल गरियो ।
उक्त कार्यक्रममा लक्ष्मी रेग्मी र राम रेग्मी शुक्लले दिनको २५ सेन्ट दिने प्रतिबद्धता जनाएका थिए । उक्त कार्यक्रममा यो अभियानमा संलग्न अभियन्ता ब्यक्तित्वहरू आरती सिग्देल, चैतन्य देबकोटा, बिना खड्का लामा , कबिन्द्र सिटौला, टिका मैनालीले यो अभियानको उद्धेष्य र प्रकियाको बारेमा समाजलाई जानकारी गराएका थिए।
महापुराणमा आफ्नो खुत्रकेमा जम्मा भएको रकम बुझाई दिनको २५ सेन्ट रकमको शुरूवात गर्ने बालिकाहरू कृपा सिटौला र अनुश्री सिटौलाले समेत बोलेका थिए भने अर्का बिध्यार्थी अर्सिमले पहिलो मेम्बरसिप लिएका थिए ।
कार्यक्रममा धेरै सहभागी बाल बालिकाहरुले मेम्बरसिप लिने प्रतिबद्धता जनाएका थिए। छोटो समयमा भएको उक्त कार्यक्रम अत्यन्त प्रभाबकारी भएको थियो। कार्यक्रम को मोडरेट परशुराम भण्डारीले गरेका थिए भने कबिन्द्र सिटौलाले यो अभियानमा सबै बाल बालिकाहरु सहभागी गराउन अभिभावकहरु लाई आह्वान गरेका थिए।
फेब्रवरी आठ सनिबार ( February 8, Saturday ) को दिन नेपाली पाठशाला सेन्टरभीलमा दिनको एक बजे बृहत मेम्बरसिप कार्यक्रम गरेर सबै बाल बालिकाहरुलाई बन्न लागेको कम्युनिटी सेन्टरको स्वामित्वको अबसर प्रदान गरिने भएकोले डिसी मेट्रोका सबै अभिभावकहरु लाई आ आफ्न नानीहरुलाई सहभागी गराइदिनुहुन अनुरोध र आह्वान गरिएको छ ।
सो कार्यक्रमको पूरा भिडियो हेर्न तलको लिंकमा
Facebook Comment