दुई दर्जन नेकपा नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
रामेछाप । रामेछाप खाँडादेवी गाउँपालिकाका दुई नेपाल कम्युनिस्ट पार्टीका दुई दर्जन नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा भित्र बौद्धिक एवं कुशल संगठकको परिचय बनाएका राम कुमार कार्कीको नेतृत्वमा नेताहरु रामहरी कार्की, हरि कार्की, रामहरि गिरि लगाएतका नेता कार्यकर्ता प्रवेश गरेका हुन्।
काँग्रेस सभापति शेर बहादुर देउवाको निवासमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमबाट उनीहरुले कम्युनिष्ट पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेको नेविसंघ निवर्तमान केन्द्रीय सदस्य रत्नहरी ढुँगेलले बताए ।
रामेछापका पार्टी सभापति लवश्री न्यौपाने लगाएत नेता कार्यकर्ताको बाक्लो उपस्थितिकाबीच नव प्रवेशीलाई सभापति देउवाले पार्टी सदस्यता प्रदान गरि स्वागत गरेका थिए।
नव आगन्तुकका तर्फबाट मन्तव्य राख्दै रामकुमार कार्कीले स्थानीय सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको तथा कम्युनिष्ट नेताहरु खोक्रो आडम्बरीमा टिकेको भन्दै वर्तमान कम्युनिष्ट सरकारले जनतामाथी चरम शोषण गरी सिङ्गो देशलाई नै भ्रममा राखेको बताए ।
यसरी भ्रममा टिकेको कम्युनिष्ट पार्टी अब छिट्टै ध्वस्त हुने भन्दै आज देखि नै कांग्रेसलाई एक ढिक्का बनाएर बिजयको यात्रातर्फ उन्मुख गराउने उत्तरदायित्व बहन गर्ने बताए ।
Facebook Comment