नेपाल प्रहरी र भारतीय समुहबीच गोली हानाहान, एकजना घाईते

डिसी नेपाल
१५ माघ २०७६ १३:३४

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा प्रहरी र अपरिचित समुहबीच गोली हानाहान हुँदा एक जना घाईते भएका छन् ।

बुधबार बिहान इशनाथ नगरपालिका–१ वकैया खोलाको बाँधस्थित खटिएको प्रहरी टोलीमाथि भएको गोली प्रहार पछि प्रहरीले जवाफी फायर गर्दा एक भारतीय नागरिक घाईते भएका हुन् । घाईते हुनेमा भारतको विहार मोतिहारी राजजटौलिया ग्राम पंचायत–४ बस्ने २१ वर्षीय शेख चान्दली रहेका छन् ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहट र सिमा प्रहरी चौकी बंजराबाट खटिएको प्रहरीले उक्त स्थानमा जाँच गर्ने क्रममा भारतबाट आउँदै नम्बर नखुलेको मोटसाइकलमा सवार ३ जनाले प्रहरीलाई लक्षित गरी फायर गरेको थियो ।

आत्मरक्षाका लागि जवाफी फायर गर्दा मोटरसाइकलमा सवारमध्ये चान्दली घाइते भएको प्रहरीले जनाएको छ । घाइते चान्दलीको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ।

साथै प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल १ थान, गोली १ राउण्ड र खोका १ थान समेत बरामद गरेको छ। मोटरसाइकल सहित फरार रहेका अन्य २ जनाको खोजी भईरेहको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *