फ्यानको फोन खोसेपछि संकटमा परे सलमान खान (फोन खोसेको भिडियोसहित)
मुम्बइ। बलिउड सुपरस्टार सलमान खानलाई फ्यानको फोन खोस्नु भारी परेको छ । नेशनल स्टुडेण्ट युनियन अफ इण्डियाले सलमानको यो व्यवहारको विरोध गर्दै उनलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाउन माग गरेको छ । सलमानले सार्वजनिक रुपमा माफी नमागेसम्म उनलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाइनुपर्ने फ्यानको माग छ ।
Uncle, this is not the way you behave in #Goa! Yea #Mumbai ka footpath nahi hai where you crush people under your car and get away! @BeingSalmanKhan you should apologise!@Bollyhungama @ETCBollywood @bollywood_life @bollybubble @oheraldogoa @PTI_News @TOIGoaNews pic.twitter.com/qPRTp7ePtN
— NAVIN PAI RAIKAR नवीन पै रायकर (@NavinRaikar) January 28, 2020
विद्यार्थी युनियनका अध्यक्ष अहराज मुल्लाले गोवाका मुख्यमन्त्रीलाई औपचारिक पत्र नै लेखेर सलमानलाई प्रतिबन्ध लगाउन माग गरेका हुन् । उनले सलमानको व्यवहार सार्वजनिक रुपमा फ्यानको अपमान भएको बताएका छन् । सलमान अहिले फिल्म राधेको सुटिङका लागि गोवा गएका छन् । यदि विद्यार्थी संगठनको मागलाई मध्यनजर गर्दै उनीमाथि प्रतिबन्ध लगाइए उनको फिल्मको सुटिङ रोकिनेछ ।
भाइरल भएको भिडियो गोवा विमानस्थलको हो । भिडियोमा सलमान एक फ्यानको मोवाइल खोसिरहेको देखिएका छन् । भिडियोमा ती फ्यान सलमानसँग सेल्फी खिच्ने प्रयास रहेको देखिएका छन् । त्यही बेला सलमानले उनको हातबाट मोवाइल खोसेका थिए ।
Facebook Comment