भाग्यमानी तक्मे बुढा, बाबुछोराको बर्थडे एकैदिन
काठमाडौं। कलाकार विल्सन विक्रम राई पिता बनेका छन् । उनी सामान्य होइन सीमित भाग्यमानी पिताहरुमध्ये एक बनेका छन् । विल्सनको जन्मदिनमा अब उनीसँगै उनका छोराले पनि केक काट्नेछन् । विल्सनले आफ्नो जन्मदिनकै दिन छोरा पाएका छन् । विल्सनले फेसबुकमा एउटा पोस्ट गर्दै आज आफ्नो जन्मदिन रहेको र यही दिन छोरा जन्मिएको जानकारी दिएका छन् ।
विल्सनकी पत्नी सरिना लामाले बुधवार छोरालाई जन्म दिएकी हुन् । गत फागुनमा सुटुक्क बिहे गरेका राईले गत भदौमा आफूले बिहे गरेको खुलाएका थिए । उनले झापाकी सरिना लामासँग बिहे गरेका थिए । विल्सनले सामाजिक सञ्जालमार्फत तस्वीर शेयर गर्दै खुशी साटेका छन् । विल्सन बाबु बनेको अभिनेता दयाहाङ राईले सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन् । दयाहाङ राईले लेखेका छन्, ‘यसरी हाम्रो विल्सन बाउ बने, बधाई छ भाइबुहारीलाई अनि छोरालाई स्वागत ।’ विल्सन बुबा बनेपछि कलाकार तथा फ्यानले विल्सनलाई बधाई दिएका छन् ।
Facebook Comment