प्रहरीको समुदाय साझेदारी अभियान प्रभावकारी बन्दै

डिसी नेपाल
१५ माघ २०७६ २२:२८

प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले सभ्य समाज निर्माणका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम गर्दै आएको छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था तथा विद्यालयसँगको साझेदारीमा उक्त अभियान सञ्चालन गर्दै आएको हो । अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने सो कार्यक्रमको अवधारणामा उल्लेख छ ।

यसअघिका ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको प्रहरी सेवा’लगायत कार्यक्रमपछि फेरि प्रहरीले प्रहरी साझेदारी कार्यक्रम गर्दै आएको छ । समुदाय प्रहरी साझेदारी लागू भएपश्चात हालसम्म विभिन्न समुदाय, विद्यालयस्तरलगायतका क्षेत्रमा प्रहरी जिल्ला समिति गठन गर्दै आएको छ ।

जिल्लालाई अपराध मुक्त बनाउन र सभ्य समाज निमार्णका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले बताए। उनका अनुसार यो कार्यक्रम २०७५ कात्तिक १४ गतेबाट अभियानका रुपमा शुरु भएको हो ।

हालसम्म जिल्ला समिति एक, पालिका समिति एक, वडा समिति ६४, विद्यालय सम्र्पक समिति १९४, टोल समिति ४७, समुदाय केन्द्रित कार्यक्रम १२०, विद्यालय केन्द्रित कार्यक्रम २५० समिति गठन गर्न सफल भएको सूचना अधिकारी ढकालले बताए । प्रहरीले समुदायसँगको सहकार्यमा अगाडि बढाएको सचेतनामूलक कार्यक्रमले समाजमा हुने अपराधको घटनामा कमी आएको अनुभूति भएको ढकालले बताए। उनले भने, “अपराध लुकाउने होइन, समयमै प्रहरीलाई जानकारी गराउनुपर्छ भन्ने जागरण पनि यस कार्यक्रमले ल्याएको छ ।”

समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएसँगै अपराध नियन्त्रणसँगै सम्भावित आपराधिक क्रियाकलाप रोक्न समुदायबाट प्रहरीलाई सूचना जाने क्रम बढेको उनले बताए। समुदाय–प्रहरी साझेदारी कार्यक्रमले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन मद्दत गरेको छ । सवारी दुर्घटना न्यूनीकरण, लागुऔषध दुव्र्यसनी, बालविवाह रोकथाम, घरेलु मदिरा बरामदलगायतका धेरै काम गर्दै नागरिकलाई हरेक कुराको सचेतना फैलाउने आफूहरुको उद्देश्य रहेको ढकालले बताए।

कार्यक्रमहरु सञ्चालन गरिरहँदा नागरिकमा केही परिवर्तन आएको अस्थायी प्रहरी चौकी दाखाक्वाडीका इन्चार्ज हरिबहादुर बस्नेतले जानकारी दिए। धेरैपछि चलेको प्रहरीको घरदैलो अभियानले स्थानीय नागरिक खुसी भएको र आफ्ना समस्या खुलस्तरूपमा राख्न थालेको उनले बताए। आफूमा परेका समस्या अहिलेको समयमा जो–कोहीले निर्धक्करूपमा १०० नंमा फोन गर्ने गरेको इन्चार्ज बस्नेतले बताए ।

समाजमा हुने आपराधिक घटनालाई न्यूनीकरण गर्ने मुख्य उद्देश्यसहित सञ्चालन भएको कार्यक्रम प्रभावकारी बनेको उनको भनाइ थियो । पहिलेको समयमा प्रहरी देख्दा नागरिक डराएर आफ्ना समस्या राख्न नसक्ने अवस्थाको यो कार्यक्रमले त्यसको अन्त्य गर्न सफल भएको उनल बताए ।

सर्वसाधरण जनता र प्रहरीबीचमा सम्बन्ध विकास गर्नका लागि प्यूठानी प्रहरीले यो अभियान राखेको कार्यालयका सूचना अधिकारी ढकालले बताए । साथै सामाजिक अपराधको नियन्त्रण गरी सुरक्षित समाजको निर्माणमा समाजका सदस्य, स्थानीय निकाय, विद्यायालयको भूमिकाका सम्बन्धमा वोध गराउन यो कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा लिएको उनको भनाइ थियो ।

सुरक्षामा खलल पर्ने तत्वहरु तथा अपराध र अपराधीका सम्बन्धमा सूचना प्राप्त गर्ने वातावरणको निर्माण गर्न यो अभियानले सहयोग पु¥याउने अपेक्षा रहेको उनले बताए। यी अभियान जिल्लामा सञ्चालन भएसँगै जनता र प्रहरीबीचको सम्बन्ध निकट भएको सूचना अधिकारी ढकालले बताए । उनले भने, “अभियानले गर्दा असमाजिक गतिविधि वा कुनै घटनाका बारेमा प्रहरीलाई तत्काल सूचना प्राप्त हुन थालेको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *