७ तस्वीरमा हेर्नुहाेस् हनुमानढोकामा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा गरिएको वसन्त श्रवण

डिसी नेपाल
१६ माघ २०७६ १२:१५

काठमाडौं । हरेक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ ।

देशभरका विद्यालय तथा सरस्वतीका मन्दीरहरुका पूजा गर्न विषेशगरी विद्यार्थिहरुको घुइँचो लागेको छ । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीपञ्चमीका अवसरमा आज हनुमानढोका दरबार गई वसन्त श्रवण गरेकी छिन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ९ः०५ बजेको शुभसाइतमा उनले वसन्त श्रवण गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले पण्डितबाट फूलमाला, टीका र प्रसाद ग्रहण गर्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चैबाजाले स्वागत गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत सोही अवसरमा वसन्त श्रवण गरी प्रसाद ग्रहण गरेका थिए । वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ ।

हेर्नुहाेस् राससले खिचेका तस्वीरः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *