अफगानिस्तानमा सैनिक विमान दुर्घटना, २ अमेरिकी सैनिकको मृत्यु

डिसी नेपाल
१६ माघ २०७६ १२:५०

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले गत साता अफगानिस्तानमा भएको अमेरिकी सैनिक बिमान दुर्घटनामा आफ्ना दुई सैनिकको मृत्यु भएको जनाएको छ।

रक्षा मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा अफगानिस्तानको गज्नी प्रान्तमा बम्बार्डियर इ–११ ए कलसाइन भएको सैनिक बिमान दुर्घटनाग्रस्त भएको उल्लेख छ।

तालिबान लडाकू सक्रिय रहेको उक्त प्रान्तका तालिबान समूहहरुले आफूहरुले बिमान खसालेको दाबी गर्दै आएका थिए।

तर अमेरिकी सेनाले उक्त सैन्य बिमान प्राविधिक त्रुटीका कारण दुर्घटनामा परेको हो वा तालिबानी आक्रमणको निशानामा परेको हो भन्ने केही खुलाएको छैन।

अमेरिकी रक्षा मन्त्रालयले बिमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु गरिएको जनाएको छ।

अफगानिस्तानमा अझै पनि करिब १२ हजार अमेरिकी फौज तैनाथ छन्।

अमेरिकी सेनाले हाल अफगान सैनिकलाई तालिम, परामर्श र हवाई सेवा उपलब्ध गराइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *