नक्कली शैक्षिक प्रमाणपत्रले डीएसपी बनेका साह अख्तियारको फन्दामा
काठमाडौं । समाजमा हुने विभिन्न अपराधको अनुसन्धानमा खटिने प्रहरीको नै प्रमाणपत्र जाली भेटिएको छ । झट्ट सुन्दा अपत्यारिलो लाग्ने यस्तो काम प्रहरी निरीक्षक अरुणकुमार शाहले गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विज्ञप्ति जारी गरि अभियुक्त नेपाल प्रहरीमा कार्यरत प्रहरी निरीक्षक शाहले परीक्षा नै नदिई भारतबाट बि.ए. पास गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोप लगाई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
विज्ञप्तिमा भारतको पटनास्थित मगध विश्वविद्यालय बोधगया अन्तरग द्य म् भ्ख्भ्ल्क्ष्ल्न् ऋइीीभ्न्भ् एब्त्ब्ल्ब्(ज्ञ बिए तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी नायब उपरीक्षक पदमा बढुवा समेत भई सरकारी लाभ तथा सुविधा लिएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘ साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि हुन आएको हुँदा तत्कालीन प्रहरी निरीक्षक अरुणकुमार शाहलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र सोही ऐनको दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’
Facebook Comment