नागरिक उड्यन प्राधिकरण टुक्रने
काठमाडौं। नेपाल नागरिक उड्यन प्राधिकरण सेवा प्रदायक र नियामक निकायका रुपमा टुक्रने भएको छ।
प्राधिकरणलाई हवाई सेवा प्राधिकरण र नागरिक उड्यन प्राधिकरणका रुपमा परिवर्तन गर्न बनेको विद्ययेकलाई मन्त्रीपरिषद्को बैठकले स्विकृत गरेको छ।
मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न विहिबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले नागरिक उड्यन प्राधिकरणलाई दुई वटा निकाय बनाउने गरी ऐनको विधेयक संसदमा दर्ता गर्न स्विकृत गरेको जानकारी दिए।
अब संसद्बाट विद्ययेक पारित भएपछि हवाइ उड्यन क्षेत्रको सेवा प्रवाह र नियमन बेग्लाबेग्लै निकायले प्रदान गर्नेछन्।
अहिले नागरिक उड्यन प्राधिकरणले सेवा प्रदायक र नियमन आफै गर्दै आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नागरिक उड्यन प्राधिकरणलाई दुई वटा निकाय बनाउने गरी ऐनको विधेयक तयार पारी मन्त्रीपरिषद्मा पेश गरेको थियो।
Facebook Comment