अस्ट्रेलियन ओपनबाट फेडेरर पनि बाहिरिए, जोकोभिच फाइनलमा

काठमाडौँ । नोभाक जोकोभिच अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका छन् । विहिबार सम्पन्न सेमिफाइनलमा जोकोभिचले रोजर फेडेररलाई सिधा तिन सेटमा पराजति गर्दै अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका हुन् ।
जोकोभिचले ७-६ (७-१), ६-४, ६-३ ले जित हासिल गर्दै आठौ पटक अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका छन् भने यो उनको २६औ ग्राण्ड स्लाम फाइनल हो । उनले यस अघि ७ पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । अब जोकोभिचले फाइनलमा दोस्रो सेमिफाइनलका डोमिनिक थिएम र अलेक्जेन्डर जेभरेभबीचको खेलका विजेतासँग खेल्ने छन् ।
प्रतिक्रिया
Facebook Comment