स्पेनिस फुटबलमा मेस्सीले पार गरे विशाल कोसेढुंगा, यो सफलता हासिल गर्ने पहिलो खेलाडी

डिसी नेपाल
१७ माघ २०७६ ८:३१

काठमाडौँ । बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा पुगेको छ । बार्सिलोनाले लेगानेजलाई ५-० गोल अन्तरले पराजित गरेर कोपाको क्वाटरफाइनलमा पुग्दा लियोनेल मेस्सीले २ गोल गरेका छन् ।

यो खेलमा जित हासिल गरेसँगै मेस्सीले स्पेनिस फुटबलमा नयाँ किर्तिमान बनाएका छन् । मेस्सीले स्पेनिस फुटबलमा ५ सयौं जित हासिल गरेका छन् । उनी स्पेनिस फुटबलमा यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी बनेका छन् । मेस्सीले बार्सिलोनाको जर्सीमा ५ सय खेल जित्ने पहिलो खेलाडी बनेका छन् । मेस्सीले ७१० खेल खेल्दै ५ सय खेल जितेका छन् ।

बार्सिलोनाको जितमा मेस्सीको दुई गोल सँगै एन्टोनी ग्रीजम्यान, क्लेमेन्ट लेन्गलेट र अर्थर मेलोले एक एक गोल गरेका थिए । योसँगै कोपा डेल रेको क्वाटरफाइनल समीकरण पुरा भएको छ । कोपाको क्वाटरफाइनलमा बार्सिलोना, रियल म्याड्रिड, एथलेटिको बिलबाओ, भलेन्सिया, भिल्ला रियल, ग्राण्डा, रियल सोसिएडाड र मिराण्डेज कोपाको क्वाटरफाइनलमा पुगेका छन् । अब क्वाटरफाइनलका खेलहरु फेब्रुअरी ४ र ६ मा हुने छन् भने क्वाटरफाइनलको ड्र आज हुदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *