बिल गेट्सकी छोरीले मिश्रका धनाढ्यसँग गरिन् ईंगेजमेन्ट

डिसी नेपाल
१७ माघ २०७६ १२:०६

काठमाडौं। विश्वका सबैभन्दा धनी व्यक्तिको सूचिमा रहेका बिल गेट्सकी छोरी जेनिफर गेट्सले आफ्ना प्रेमी नायेल नसालसँग इंगेजमेन्ट गरेका छिन् । जेनिफरले यस कुराको जानकारी आफ्नो इन्स्टाग्राममार्फत तस्बिर शेयर गरेर दिएकी छन् ।

२३ वर्षीय जेनिफरलाई नायेलले एक सुन्दर स्थानमा लगेर प्रपोज गरेका थिए । नायेलले जेनिफरलाई हीराको औँठी दिएर पूरै जीवन उनीसँग बिताउने अनुमति मागे । जेनिफरले तत्काल उक्त प्रस्ताव स्वीकार गरिन् ।

जेनिफर र नायेल एकअर्कालाई चार वर्षदेखि चिन्छन् । जेनिफर बिल गेट्सकी जेठी छोरी हुन् । नायेल पनि मिस्रका सबैभन्दा धेरै धनी युवाका रुपमा चिनिन्छन् ।

जेनिफरले आफ्नो इंस्टाग्राम प्रोफाइलमा आफ्नो इंगेजमेन्टको तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘नायेल नसार, तिमी संसारमा आफ्नो ढंगको एक मात्र मानिस हौ । म अब सारा जीवन तिम्रो साथमा बिताउन चाहन्छु ।’

यस्तै नायेल नसारले पनि इंस्टाग्राममा लेखेका छन्, ‘उनले प्रस्ताव स्वीकार गरिन् । म संसारको सबैभन्दा धेरै भाग्यमानी महसुस गरिरहेको छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *