यौन शोषण आरोपमा एसएसपी राणा निलम्बित

डिसी नेपाल
१७ माघ २०७६ १३:२८

काठमाडौं। संघीय प्रहरी इकाइ कार्यालय सुनसरीमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई यौन शोषणको आरोप लागेपछि निलम्बन गरिएको छ । उनलाई पक्राउ गर्न पक्राउ पुर्जी समेत जारी गरिएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा राणालाई गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो ।

राणामाथि झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेको छ । आरोप लागेसँगै प्रहरी प्रधान कार्यालयले निलम्बन गर्न गृह मन्त्रालयहलाई अनुरोध गरेको थियो । राणा बिहीबारदेखि निलम्बनमा परेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले पुष्टि गरे ।

राणा निलम्बन भएसँगै उनीविरूद्ध ती महिलाले सुनसरी प्रहरीमा जाहेरी दिएकी छिन् । जाहेरी परेपछि सुनसरी प्रहरीले राणालाई पक्रन अनुमति माग्दै सुनसरी जिल्ला अदालत जाने तयारी गर्दैछ । आजै अदालतले पक्राउ पुर्जी जारी गर्ने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *