१५ सय रुपैयाँ नपाएको झोंकमा १२ कक्षाका छात्रले मातापिता र भाइलाई मारेर पार्टीमा गए

डिसी नेपाल
१७ माघ २०७६ १४:२०

काठमाडौं। १२ कक्षामा पढ्ने छात्रले १५ सय रुपैयाँ माग्दा आमाले दिन अस्वीकार गरिन् । रिसमा छोराले आमाको घाँटी थिचेर हत्या गरे । केही समयपछि पिता घर आए । पितालाई उनले गोली हानेर मारे । केही पनि उनका भाइ कोचिङ पढेर घर आए । उनले भाइलाई पनि मारे । घरमा मृत्युको ताण्डव मच्चाएपछि ती छात्र ५ हजार रुपैयाँको सुट लगाएर भोलिपल्ट स्कुलको फेयरवेल पार्टीमा गए । पार्टीमा उनले फोटोशुट पनि गराए । घरमा ४ दिनसम्म लाशहरु त्यत्तिकै रहे ।

यो डरलाग्दो घटना भारतको मध्य प्रदेशको सागर जिल्लाको भएको आज तकले लेखेको छ । ३ जनाको हत्या भएको यो घटनामा अन्ततः पुलिसले केस सुल्झाएको छ । हत्या गरेपछि ती किशोर ४ दिनसम्म त्यही घरमा लाशहरुसँगै बसेका थिए । ४ दिनपछि लाशबाट दुर्गन्ध आउन थालेपछि उनी फरार भएका थिए । पुलिसले नाबालिग अभियुक्तलाई पक्राउ गरेको छ । ती नाबालिक खराब संगत, नशाको दुर्व्यसनी र महंगा कपडाको सौखिन भएको पुलिसले जानकारी दिएको छ ।

उनले आफ्नी आमा भारती पटेलसँग १५०० रुपैयाँ मागेका थिए । नदिएपछि चुन्नीले घाँटी थिचेर आमाको हत्या गरे । हत्या गरेपछि पिताको १२ बोर राइफलले आमाको पिठ्युँमा गोली हाने । केही बेरमा पिता रामगोपाल पटेल घरमा आए । आरोपीले टिभीको चर्को आवाजको बीचमा गोली हानेर उनको पनि हत्या गरे । पिता भारतीइ सेनाका रिटायर्ड नायक थिए । केही बेरपछि कोचिङबाट घर फर्केका आफ्ना भाइ आदर्शलाई पूरै घटनाक्रम सुनाए । भाइ रुन लागेपछि उनले घाँटी थिचेर भाइको पनि हत्या गरे । यो पूरै घटना २४ जनवरीमा भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *