रोमाञ्चक सुपर ओभरमा भारतको जित

एजेन्सी । न्यूजिल्याण्डविरुद्धको चौथो टी–२० खेलमा भारतले जित निकालेको छ। सुपर ओभरमा न्युजिल्याण्डले दिएको १४ रनको लक्ष्य पुरा गर्दै भारतले जित निकालेको हो।
भारतले दिएको १६६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। अन्तिम बलमा दुई रन चाहिएको बेला न्युजिल्याण्डले १ रन बनाएर विकेट गुमाएको थियो।
न्युजिल्याण्डका टिम सेईफर्टले ५४ तथा कोलिन मनरोले ६४ रन बनाए। यस्तै रस टेलरले २४ रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन्। भारतका शार्दुल ठाकुरले २ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बकनाएको थियो। भारतका मनिस पाण्डेले ५० तथा के एल राहुलले ३९ रन बनाए। न्युजिल्याण्डका ईश सोढीले ३ विकेट लिए।
जितसँगै भारतले लगातार ४ खेल जितेको छ।
Facebook Comment