यू१९ विश्वकपः सेमिफाईनलमा भारत र पाकिस्तान आमनेसामने

काठमाडौँ । आइसीसी अन्डर १९ क्रिकेट विश्वकपको सेमिफाइनलमा भारत र पाकिस्तानको भेट हुने भएको छ। शुक्रबार सम्पन्न क्वाटरफाइनलको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै सेमिफाईनलमा भारतसँग भेट पक्का गरेको हो ।
अफगानिस्तानले दिएको १९० रनको लक्ष्य पछाएको पाकिस्तानले ४१.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै ४९.१ ओभरमा अल आउट हुदै १८९ रन बनाएको थियो ।
योसँगै यू.१९ विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । अब पहिलो सेमिफाइनलमा भारत र पाकिस्तान खेल्ने छन् भने दोस्रो सेमिफाइनलमा न्युजील्याण्ड र बंगलादेश खेल्ने भएका छन् ।
भारतले अस्ट्रेलियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने न्युजील्याण्डले वेस्टइन्डिजलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । त्यस्तै बंगलादेशले दक्षिण अफ्रीकालाई पराजित गरेर सेमिफाइनलमा पुगेको हो ।
पहिलो सेमिफाइनल खेल फेब्रुअरी ४ मा हुने छ भने दोस्रो सेमिफाइनल फेब्रुअरी ६ मा हुने छ । विश्वकपको फाइनल फेब्रुअरी ९ मा हुने छ ।
Facebook Comment