लेखापरीक्षकहरुको भूमिकाले संस्थाको कारोबारलाई स्वच्छ बनाउछ : महालेखापरीक्षक शर्मा

डिसी नेपाल
१७ माघ २०७६ २२:३३

काठमाडौं । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले चार्टर्ड एकाउन्टेन्सहरुले इमान्दारीता र नैतिकताका साथ लेखापरीक्षण कार्य गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको २३ औं वार्षिकोत्सव तथा दोस्रो चार्टर्ड एकाउन्टेन्स दिक्षान्त समारोहलाई सम्बोधन गर्दै महालेखापरीक्षक शर्माले लेखापरीक्षकहरुको भूमिकाले कुनैपनि संस्थाको कारोबारलाई स्वच्छ बनाउने भन्दै इमान्दार, नैतिकवान भएर काम गर्न आग्रह गरे ।

उनले अरुले गरेको हिसाब किताबलाई अध्ययन गरी, विष्लेशण गरी अन्तिम नतिजा दिनुपर्ने भएकाले अलिबढी अध्ययन र लगानशिल हुनुपर्ने बताएका हुन् । उनले कारोबारमा अनियमितता भए नभएको पत्ता लगाउन सक्ने क्षमताको विकास गर्न पनि चार्टर्ड एकाउन्टेन्सहरुले अध्ययनलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा नेपालको चार्टर्ड एकाउन्टेन्स संस्थामा थपिएका ८२ जना नयाँ सदस्यहरुलाई दिक्षित गराइएको थियो । यससँगै नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थामा अवद्ध रहेका विभिन्न तहका लेखापरीक्षकहरुको संख्या ८ हजार ६ सय ३५ पुगेको छ । जसमध्ये सिओपी रिन्यु ३ हजार ६ सय ३ जना र लेखा व्यवसायमा क्रियाशिल फर्महरु ३ हजार ५ सय २४ रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *