गोर्खा वारीयरको कलाकार चयनसँगै बेलायतबाट प्रचार सुरु
काठमाडौं । ब्रिटिस गोर्खा आर्मीको शाहसिक कार्यलाई अब चलचित्रमा उतारिने भएको छ।
ब्रिटिस गोर्खा आर्मीहरु संसारभर चर्चित छन्। भारतमा नेपाली गोर्खाली सैनिकहरुको त छुट्टै पल्टन गोर्खा राईफल्स नै छ।
नेपाल सहित बेलायत, भारत, सिँगापुर, ब्रुनाईलगायत धेरै देशमा वीर गोर्खालीको रुपमा साहसिक कार्यबाट ख्याती कमाएर सेवारत गोर्खा आर्मीहरुको शाहसिक कार्यलाई अब चलचित्र निर्देशक मिलन चाम्सले चलचित्रमा उतार्ने भएका छन्।
सन २०२१ मा विश्वव्यापी रिलिज गर्ने लक्ष्य सहित निर्देशक चाम्सले नयाँ चलचित्र ‘गोर्खा वारीयर’ निर्माण निर्देशन गर्न लागेका हुन्।
यसै क्रममा यो चलचित्रका मुख्य कलाकार चयन गरिएको छ । गोर्खा वारीयरबाट रितेस चाम्सले नायकको रुपमा डेब्यु गर्दैछन् ।
यस्तै दयाहाङ राई, वर्षा सिवाकोटी, प्रसान्त तामाङ (इन्डियन आईडल), क्याप्टेन बिजय लामा, बुद्दी तामाङ, माओत्सब गुरुङ, रुपा पुन, कविता आलेसहितका कलाकार पनि यो चलचित्रमा चयन भईसकेका छन्।
यसै क्रममा चलचित्रको बेलायतमा प्रचार सुरु गरिएको छ । सन २०२१ मा रिलिजको लक्ष्य सहित बेलायतका पब्लिक बसहरुमा चलचित्र गोर्खा वारीयरको पोष्टर सहित प्रचार सुरु गरिएको छ।
लन्डनमा विश्व प्रिमियर गर्ने क्रममा १० हजार दर्शक भेला पार्ने उदेश्यले अहिलेदेखि त्यहाँको डबल डेकर बस मार्फत शुक्रबारबाट प्रचार सुरु गरिएको निर्देशक चाम्सले जानकारी गराएका छन्।
यो चलचित्रलाई लन्डन सिने आई प्रोडक्सनले निर्माण गर्ने भएका छ। विश्वका चर्चित युद्धमा संसार हल्लाउने बीर गोर्खाली नेपालीको शाहसिक कार्यसँगै युद्धमा उनीहरुको शाहसिक सफलताका कथाहरुमा यो चलचित्र निर्माण हुने निर्देशक मिलन चाम्सले जानकारी गराएका छन्।
यो चलचित्रको आलेख प्रदीप भारद्धाजले सम्पन्न गरिसकेका छन। भने अहिले अन्य कलाकारसँगै टेक्निसिनय चयनको कार्य चलिरहेको छ।
Facebook Comment