चीनले भन्यो – ‘वुहानमा बस्ने नेपालीको स्वास्थ्यको ग्यारेन्टी हामी लिन्छौं’

डिसी नेपाल
१८ माघ २०७६ १३:२४

काठमाडौं । कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी चीन सरकारले गरेको छ । नेपालस्थित चिनियाँ दूतावासले शनिबार एक विज्ञप्ती प्रकाशित गर्दै कोरोना भाइरसबाट नआत्तिन आग्रह गर्दै यस्तो ग्यारेन्टी आएको हो ।

वुहानमा रहेका नेपाली विद्यार्थी र नागरिकहरुको जीवन र स्वास्थ्यको ग्यारेन्टी गरिएको विज्ञप्तीमा उल्लेख छ । विदेशी नागरिकहरुको स्वास्थ्य सुनिश्चित गर्नका लागि हरसम्भव प्रयास गर्ने पनि चीनले जनाएको छ । कुनै समस्या भएमा नेपालस्थित चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग सम्पर्क गर्न समेत दूतावासले आग्रह गरेको छ ।

चीनले कोरोना महामारी फैलिनबाट रोक्नका लागि नेपालस्थित डब्लुएचओलाई नेपाली पक्षबाट भएको सहयोगको प्रशंसासमेत गरेको छ । महामारी नियन्त्रणमा आएपछि चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने र भिजिट नेपाल २०२० मा योगदान पुर्‍याउने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चीनको हुपेई प्रान्तको वुहानबाट कोरोना भाइरस फैलिएको थियो । सो क्षेत्रमा रहेका नेपालीले केही समयदेखि उद्धार गरिदिन आग्रह गरेको समाचार प्रकाशमा आएपछि चीनले विज्ञप्ती निकालेर उनीहरुको रक्षाका लागि सक्रिय कदम चाल्ने जानकारी गराएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *