मन जितेर खेल नजित्ने न्युजिल्याण्ड जसले ८ सुपरओभरका खेलमा ७ वटा गुमायो

काठमाडौँ । पछिल्लो बुधबार र शुक्रबार भारतविरुद्धका दुवै टी-२० मा न्युजिल्याण्ड सुपरओभरमा अभागी साबित भयो । दुवै टि-२० को निर्णय सुपर ओभरमा भयो र दुवैमा न्युजील्याणड पराजित भयो । दुवै खेलमा न्युजील्याण्डको सहज अनुमान गरिएको भएपनि अन्तिम ओभरमा भएको नाटकीय खेलमा रन बराबर भएपछि खेलको निर्णय सुपर ओभरबाट भएको थियो । सुपर ओभरमा दुवै खेलमा भारत विजयी भयो ।
योसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजील्याण्ड सुपर ओभरमा धेरै पटक पराजित हुने नराम्रो किर्तिमान बनाएको छ । न्युजील्याण्डले अहिलेसम्म खेलेका ८ सुपर ओभर खेलमा ७ मा हार बेहोरेको छ । ७ सुपर ओभर हारमध्ये २०१९ मा भएको एकदिवसीय विश्वकपको फाइनलको सुपर ओभर निकै चर्चित छ । यो विश्वकपमा सुपर ओभरसमेत बराबर भएपछि खेलमा हानेको बाउण्ड्रीको संख्याको आधारमा विश्वकप विजेता घोषणा गरिएको थियो । जुन निकै विवादस्पद समेत बनेको थियो ।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सन् २००८ डिसेम्बर २६ मा वेस्टइन्डिज र न्युजील्याण्डबीच भएको थियो, जुन खेल वेस्टइन्डिजले जितेको थियो । न्युजील्याण्डले एक मात्र सुपर ओभरमा जित २०१० को फेब्रुअरी २८ मा अस्ट्रेलियाविरुद्ध जित हासिल गरेको थियो ।
न्युजील्यानले २००८ मा वेस्टइन्डिजसँग, २०१२ मा श्रीलंकासँग, २०१२ मा वेस्टइन्डिजसँग, २०१९ मा इङल्याण्डसँग त्यस्तै पछिल्लो पटक लगातार दुई पटक भारतसँग हार बेहोरेको छ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म १४ खेलको निर्णय सुपर ओभरबाट भएको छ, जसमा न्युजील्याण्डले मात्र ७ पटक खेलेको छ । जसमा न्युजील्याण्ड ६ पटक पराजित भएको छ । त्यस्तै एकदिवसीय खेलमा एक पटक सुपर ओभरबाट निर्णय भएको छ, जसमा न्युजिल्यान्ड पराजित भएको छ ।
Facebook Comment