ओडिसाको पोष्टमा सावित्रा एक्लैको पाँच गोल

डिसी नेपाल
१८ माघ २०७६ १६:४४

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारी रहेको गोकुलम केरेलाले भारतमा जारी हिरो महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ ।बैंगलोरमा शनिबार भएको खेलमा गोकुलमले ओडिसा पुलिसलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

गोकुलमको जितमा सावित्राले ह्याट्रिकसहित ५ गोल गरिन् । यस्तै अग्बो एसप्रेन्स र ग्रेसले एक एक गोल गरिन् । पहिलो हाफमा एक गोल गरेकी सावित्रा दोस्रो हाफमा ह्याट्रिकसहित पाँच गोल पुरा गरेकी थिइन् ।

ओडिसाविरुद्ध पाँच गोल गरेसँगै सावित्राले जारी लिगमा आफ्नो गोल संख्या १४ बनाएकी छिन् । सावित्रा यस सिजन सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेकी छिन् ।

गत सिजन सेथु एफसीलाई च्याम्पियन बनाउन सफल सावित्रा यस सिजन भने गोकुलमबाट खेलिरहेकी छिन् । फराकिलो जितसँगै गोकुलमले ३ खेलमा ९ अंक जोडेको छ । र, गोकुलम लिगको शीर्ष स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *