अष्ट्रेलियन ओपनको उपाधि सोफियालाई

डिसी नेपाल
१८ माघ २०७६ १६:५४

एजेन्सी । अमेरिकी खेलाडी सोफिया केनिनले पहिलो पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छिन् । मेलबर्नमा शनिबार भएको फाइनलमा स्पेनकी खेलाडी गार्बिन मुगुरुजालाई हराएर सोफिया च्याम्पियन बनेकी हुन् ।

उपाधि जित्ने क्रममा सोफियाले मुगुरुजालाई ४-६, ६-२ र ६-२ को सेटमा पराजित गरिन् । पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै सोफियाले उपाधि जितेकी हुन् ।

अष्ट्रेलियन ओपनको उपाधिसँगै सोफियाले करियरको पहिलो ग्राण्डस्लाम उपाधि जित्न सफल भएकी छिन् । पुरुषतर्फको उपाधिका लागि आइतबार नोभाक जोकोभिक र डोनिमिक थिमबीच प्रतिस्पर्धा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *