खप्तड गोल्डकप फागुन ९ गतेबाट

धनगढी । चौंथो संस्करणको सुदुरपश्चिम खप्तड गोल्डकप फागुन ९ गतेबाट आयोजना हुने भएको छ ।
आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ९ गतेदेखि फागुन २० गतेसम्म सञ्चालन हुने जनाएको छ । प्रतियोगितामा दुई विदेशी सहित १२ टिम सहभागी हुनेछ । प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया र उपविजेताले १० लाख १ रुपैया पाउने छन् ।
धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने छ । खेल नकआउटको आधारमा हुनेछ । प्रतियोगितालाई चौधरी गुप्रको नेपाल आइसले मुख्य प्रायोजन गरेको छ । क्लबका अध्यक्ष सुरेश हमाल र सिजी व्रुअरीका तर्फबाट रिजनल सेल्स म्यानेजर मनोज घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
Facebook Comment