कोरोना भाइरस संकटः नेपालले चीनमा रहेको नेपालीलाई स्वदेश फर्काउँदै

काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनमा रहस्यमयी कोरोना भाइरसले महामारीको रुप लिएपछि नेपालले त्यहाँ रहेका नेपालीलाई उद्धार गरी स्वदेश फर्काउनले भएको छ। चीनको हुवेई प्रान्तमा रहेकामात्र नेपालीलाई नेपाल फर्काउने तयारी भएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ।
दूतावासले शनिबार एक सूचना जारी गर्दै हुबेईमा रहेका नेपालीलाई स्वदेश फर्काउन लागिएको जानकारी दिएको हो। हुबेईको वुहानमा कोरोना भाइरस पहिलो पटक देखिएको थियो। दुई हप्तामै यो भाइरस पूरा चीनमा फैलिएको छ भने नेपाललगायत विभिन्न १८ देशमा यो भाइरस देखा परेको छ। चीनमा कोराना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या २ नाघिसकेको चिनियाँ अधिकारीहरुले बताएका छन्। वुहान सबैभन्दा प्रभावित शहर हो।
बेइजिङस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीले दूतावासको वेबसाइटमा राखिएको एक निवेदन फर्म भर्नुपर्ने जनाएको छ। यस्तो फर्म आइतबार बिहानसम्म दूतावासमा आइपुग्नुपर्नेसमेत दूतावासले जनाएको छ। दूतावासले वुहानमा रहेका नेपालीहरुलाई वीच्याटमाफर्त सन्देश पठाइएकोसमेत जनाएको छ। दूतावासले चार्टड विमानको व्यवस्था हुँदासाथ वुहानबाट नेपाली फर्काइने बताएको छ।
नाबालिग बाहेक प्रत्येक पासपोर्टवालाले भिन्दाभिन्दै फारम भर्नुपर्ने र फारम तोकिएको समयमा सम्बनिधत स्थानमा आइपुगिसक्नुपर्ने दूतावासले जनाएको छ। नाबालिगकको हकमा अभिभावकले फारम भर्नुपर्ने छ। थप जानकारीका लागि दूतावासले १५७० १२८५७ ६३ नम्बरमा मा सम्पर्क गर्न आग्रह गरेको छ।
Facebook Comment