राजनीतिक परिवर्तनहरुले सँगै विकृति पनि ल्याए : पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा भएका हरेक खाले राजनीतिक परिवर्तनहरुसँगै विकृति पनि आएको बताएका छन्।
शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यकार सर्वज्ञ वाग्लेको उपन्यास ‘पुनर्वास’को विमोचन समारोहमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने, ‘देशमा भएका हरेक खालका राजनीतिक परिवर्तनहरुले आदर्शसँगै विकृतिहरु पनि आएका छन्। उनले अगाडि थपे, ‘यस्ता खालका विकृतिहरुलाई हटाउन साहित्य र साहित्यकारले अहम भूमिका खेल्ने गरेका छन्।’
त्यस्तै कार्यक्रमा बोल्दै राष्ट्रिय सभा सदस्य इन्दु कडरियाले कञ्चनपुरको पुनर्वासको सीमा क्षेत्रमा भारतले हस्तक्षेप गर्दै आएको बताएकी छिन्। उनका अनुसार त्यहाँ नेपाल–भारतका सिमा स्तम्भ नै गायब पारिका छन्। ‘केही समय अघि हामी सीमा क्षेत्रमा अवलोकन गर्न गएका थियौं। त्यहाँ पिल्लर नम्बर १ सय ९४ गायव पारिएको छ। भने पिल्लर नम्बर १ सय ९५ ढलाइएको अवस्थामा छ। अब पनि राज्यले वास्ता नगरे त्यो पिल्लर पनि त्यहाँबाट गायव पारिने छ’, उनले भनिन्।
उनले साहित्यकार वाग्लेको उपन्यासले सीमा क्षेत्रका मानिसहरुको देशभक्ति र पीडा बुझ्न सकिने भएकाले सबैलाई एकपटक यो पुस्तक पढ्न आग्रह गरिन्
राष्ट्रिय सभाका अर्का सदस्य बद्री पाण्डेले उपन्यासमाथि समिक्षा गर्दै यसमा सीमा क्षेत्रमा रहेका स्थानीयको भोगाइलाई जस्ताको त्यस्तै उतारिएको बताए। उनले सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गोली लागि मृत्यु भएका शहीद गोविन्द गौतमलाई हिरो बनाएर लेखिएकोमा खुसी व्यक्त गर्दै एकपटक यो किताब पढ्न आग्रह गरे।
Facebook Comment