अझै हारेन लिभरपुल, २५ औं खेलमा जीतसहित २२ अंकको अग्रता

डिसी नेपाल
१९ माघ २०७६ ८:३१

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले साउथहम्पटनलाई ४-० गोल अन्तरले पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरे भने एलेक्स ओक्सलाड चाम्बरलीन र जोर्डन हेण्डरसनले एक एक गोल गरेका थिए ।

योसँगै लिभरपुलले प्रिमियर लिगको यस सिजनमा २५ खेलमा २४औ खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । लिभरपुलले ७३ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा २२ अंकले अगाडी रहेको छ । त्यस्तै साउथहम्पटनको भने २५ खेलमा ३१ अंकसहित लिगको ११औ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *