नेपाल र ओमान पहिलो जितको खोजीमा, यस्तो छ अहिलेसम्मको हेड-टु-हेड इतिहास

डिसी नेपाल
१९ माघ २०७६ १४:१९

काठमाडौं । सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छ्नोट अन्तर्गत रहेको विश्वकप लिग–२ को पहिलो खेलमा घरेलु मैदानमा नेपाल जितको खोजीमा रहेको छ । नेपालले सिरिजको पहिलो खेल माघ २२ गते ओमानसँग खेल्दै छ । ५० ओभरको खेलमा नेपाल र ओमान करिव सात बर्षपछि आमुने सामुने हुदैछन तर टी २० मा भने यी दुई टिम तीन महिना अगाडी खेलेका थिए ।

जसमा नेपालले ओमानसँग लज्जास्पद हार ब्यहोरेको थियो । एकदिवसीय अन्तर्राष्ट्रियमा भने दुबै टोली पहिलो पटक आमने सामने हुन लागेका हुन् । नेपालले यस अघि ओमानसँग ५० ओभरको सात खेल खेलेको छ भने एक खेल लिस्ट ए र अन्य ६ एकदिवसीय मात्र रहेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि भने दुवै टोली पहिलो पटक खेल्न गइरहेका हुन् । पछिल्लो पटक सन २०१३ मा बर्मुडामा भएको खेलमा नेपालले ओमानलाई २८ रनले हराएको थियो । त्यसपछि ओमान टिममा व्यापक परिवनर्त आइसकेको छ । धेरै जसो भारतीय र पाकिस्तानी आप्रवासीलाई समावेश गर्दै ओमानले बलियो टोली बनाएको छ ।

नेपाली दर्शकका अगाडी ओमानले कस्तो गर्ने हो त्यो भने प्रतियोगिता सुरु भएपछि थाहा नै हुनेछ । तर पेपरमा र्हेने हो भने ओमान टिम राम्रो टिमका रुपमा देखिएको छ । तर काठमाडौंको वातावरणमा उसले कसरी घुलमिल गर्ने हो त्यो भने हेर्न बाँकी छ ।

तर नेपालले पहिलो खेलमा नै ओमानसँगको प्रतिस्पर्धा गर्दा उसको रणनितीलाई राम्रोसँग बुझ्नुपर्ने देखिन्छ । ओमान टिममा तिब्रगतिका मात्र होइन अब्बल स्पिनरपनि रहेका छन ।

यता नेपालको तयारी त्यती सन्तोषजनक देखिएको छैन । दक्षिण एसियाली खेलकुद पछि नेपाली खेलाडिहरुले पिपिएल र एम एम कप जस्ता प्रतियोगि खेलेको आधारमा क्यानले २ नया अनुहार थप्दै विश्वकप लिग २ को लागी १४ सदस्य टोलिको नाम सार्वजनिक गर्याै तर नेपाली टोलिको तयारी खासै उपल्बधी मुलक रहेन ।

एमएम कप खेल्न आएको मलेशिया ११ संग नेपालले केही अभ्यास म्याच खेल्न मौका पायो । कमजोर टोलिसंगको अभ्यास म्याचको सबै खेलमा जित निकालेर नेपाल टोली पोखराबाट काठमान्डौ फर्कियो र प्रतियोगिताको लागी तयारीमा जुट्यो ।

नेपाल र ओमानको पछिल्लो भेट सन् २०१८ मा मलेसियामा आयोजना भएको एसिया कप छनोटमा भएको थियो जसमा नेपालले तीन विकेटको हार व्यहोरेको थियो । हेरौ अहिलेसम्म के रहेको छ दुई टिमबीचको स्थितिः

२००२ एसिसी ट्रफी

नेपाल १०५ रनले विजयी

नेपाल – १५३।९, ५० ओभर

ओमान – ४८।१०, ३५.३ ओभर

२०१० एसिसी ट्रफी एलिट

नेपाल ६ विकेटले विजयी

ओमान – १६९।९, ५० ओभर

नेपाल – १७२।४, ३८.३ ओभर

२०१३ आईसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री

नेपाल २८ रनले विजयी

नेपाल – १६०।९, ५० ओभर

ओमान – १३२।१०, ४६.४ ओभर

२०१४ एसिसी प्रिमिएर लिग

नेपाल २ विकेटले पराजित

नेपाल – १५७।१०, ४५ ओभर

ओमान – १६१।८, ४७.५ ओभर

२०१५ एसोसियेट्स म्याचेच

नेपाल ३ विकेटले पराजित

नेपाल – १८४।१०, ४९.३ ओभर

ओमान – १८७।७, ४८.१ ओभर

२०१८ आईसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु

नेपाल ६ विकेटले पराजित

नेपाल – १३८।१०, ४६ ओभर

ओमान – १३९।४ ३५.१ ओभर

२०१३ एसिया कप छनोट

नेपाल ७ विकेटले पराजित

नेपाल – २२१।९, ५० ओभर

ओमान – २२४।१०, ४८ ओभर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *