ए डिभिजन लिगः संकटाको साँघुरो जित

डिसी नेपाल
१९ माघ २०७६ १६:१३

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविकको उपविजेता संकटा क्लबले साँघुरो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा संकटाले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

संकटाको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे । खेलको २१ औं मिनेटमा मार्टिन्सले गोल गरेका थिए । उनले क्षितिज राज जिटीको पास सदुपयोग गरेका थिए । खेलमा मार्टिन्स नै म्यान अफ दि म्याच चुनिए ।

शेर्पालाई हराएसँगै संकटा लिगको छैटौं स्थानमा उक्लिएको छ । संकटाले १० खेलमा १५ अंक जोडेको छ । लिगमा १० खेलमा ७ अंक जोडेको शेर्पा पुछारबाट तेस्रो स्थानमा रहेको छ । हारसँगै शेर्पालाई रेलिगेसनको डर कायमै रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *