न्युजिल्याण्डविरुद्धको टी–२० सिरिज भारतद्वारा ‘क्लीन स्वीप’

एजेन्सी । न्यूजिल्याण्डविरुद्धको टी–२० सिरिजमा भारतले क्लीन स्वीप गरेको छ। ओभलमा भएको खेलमा न्युजिल्याण्डलाई ७ रनले पराजित गर्दै भारतले सिरिज क्लीन स्वीप गरेको हो।
भारतले दिएको १६४ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले २० ओभरमा १५६ रन बनायो। न्यूजिल्याण्डका रस टेलर र टिम सेईफर्टले अर्धसतकिय पारी खेले। टेलरले ५३ रन बनाए भने सेईफर्टले ५० रन बनाए। यस्तै कोलिन मनरोले १५रन बनाउँदा ईश सोढीले १६ रन बनाए। अन्ितम ओभरमा २१ रन चाहिएको खेलमा सोढीले २ छक्का प्रहार गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्याएका थिए। तर सार्दुल ठाकुरले ओभरको पाँचौ बल डट फाल्दै खेललाई भारतको पक्षमा ल्याए।
भारतका जस्प्रित बुमराहले ३ विकेट लिए भने सार्दुल ठाकुर र नवदिप सैनीले २–२ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाउँदै १६३ रन बनाएको थियो। भारतका रोहित शर्माले ६० रन बनाए भने के एल राहुलले ४५ रन बनाए। यस्तै श्रेयस ऐरले ३३ रन बनाए। न्युजिल्याण्डका स्कट कुग्गेलिनले २ विकेट लिए।
जितसँगै भारतले पहिलो पटक न्युजिल्याण्डविरुद्धको टी–२० सिरिज क्लीन स्वीप गरेको छ।
Facebook Comment