प्रचण्डले पराजित गरे जापानी बक्सरलाई
टोकियो । जापानमा ‘डाईनामिक ग्लोव’ बक्सिङ भिडन्तमा २६ वर्षीय जापानिज खेलाडी आईहारालाई रिङभित्रै ढालेर २४ वर्षीय नेपाली युवा बक्सर प्रचण्ड केसीले भिजिट नेपालको प्रचारको प्रचार गरेका छन् ।
तीन चरणको स्रघर्षपूर्ण खेलको अन्तिम समयमा जापानी खेलाडीमाथि मुक्का प्रहार गरेर रिङमा ढाल्दै प्रचण्डले नेपाली झण्डा फहराएका थिए ।
५३.५ किलो तौल समुहमा भएको भिडन्तमा रिङबाटै प्रचण्डले नेपाल भ्रमण वर्षको समेत प्रचार गरेका थिए । उनले नेपाल भ्रमण वर्ष २०२० लेखिएको टिसर्ट लगाएर रिङबाटै सयौँ जापानीमाझ नेपाल भ्रमण वर्षको प्रचार गरेका हुन् ।
पाँच सय बढी जापानी र सयको हाराहारीमा नेपालीहरूले उपस्थिति जनाई उनलाई साथ र समर्थन दिई हौसला बढाएका थिए । उक्त खेलको जापानिज टिभी च्यानल व्बउबल तख अक नं टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण समेत गरेको थियो।
खेलको माध्यमबाटै जापानमा नेपालको नाम अझै चम्काउँदै जाने र भविष्यमा पनि निरन्तर साथ र सहयोगको आशा राखेको बताए ।
Facebook Comment