नेविसंघमा थप ७ पदाधिकारी मनोनित

डिसी नेपाल
१९ माघ २०७६ १९:०१

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेबिसंघ)को केन्द्रीय तदर्थ समितिमा पदाधिकारी थप भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले आइतबार ७ जना पदाधिकारी थप गरेका हुन्।

केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तीअनुसार उपसभापति दुई जना र महामन्त्री ५ जना मनोनित भएका हुन्।

मनोनित हुने उपसभापतिमा तुलसा पन्त (झापा) र मुक्तिराम पौडेल (रुपन्देही) रहेका छन्।

त्यस्तै महामन्त्रीहरुमा दीपक भट्टराई (तनहुँ), उर्मिला थपलिया (धादिङ), प्रभातकुमार दाहाल (मकवानपुर), बलदेव तिमिल्सेना (सिन्धुपाल्चोक) र युवराज पाण्डे (स्याङ्जा) रहेका छन्।

यसअघि गत माघ १६ गते तीन सदस्यीय तदर्थ कार्य समिति गठन गरिएको थियो।

अध्यक्षमा राजीव ढुंगाना (सुनसरी) तथा महामन्त्रीमा मनोज बैद्य (काठमाडौं) र महेश्वरी कुँवर (पाल्पा) मनोनित भएका थिए।

तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं केन्द्रीय अधिवेशन गर्ने जिम्मेवारी दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *