नेपाली सेनाको तीन पिन्ट रगतले बचायो सुत्केरीको ज्यान

डिसी नेपाल
१९ माघ २०७६ २१:१७

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका–५ देवलगाउँकी ४१ वर्षीया देवकी गिरी प्रसूति हुन नसकी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति वार्डमा भर्ना भइन् । उनको तुरुन्त शल्यक्रिया गरी बच्चा निकाल्नु पर्ने भएकोले तीन पिन्ट ओ पोजिटिभ रगत आवश्यक प¥यो तर प्रतिष्ठानमा ‘स्टक’ रगत नभएकाले गिरीलाई रगत उपलब्ध हुन सकेन ।

गिरीका आफन्तले नेपाली सेना जुम्लाको नन्दाबक्स गणमा रगत उपलब्ध गराइदिन निवेदन दिएलगतै गणमा कार्यरत सिपाही व्य.नं २३२७८६ प्युठ निङ्दावा शेर्पा, व्य.नं २४७८९५ सि. सन्तोषकुमार तामाङ र व्य.नं २६१००२ सि. नरबहादुर सलामी मगरले एक÷एक पिन्ट गरी तीन ओ पोजिटिभ पिन्ट रगत प्रदान गरी सुत्केरी र बच्चाको ज्यान जोगाउन सफल भएको नन्दाबक्स गण जुम्लाका सह सेनानी विशान कार्कीले बताए।

गण जुम्लामा तैनाथ भएपश्चात स्थानीय नागरिक तथा विभिन्न निकायको अनुरोधमा यस गणमा कार्यरत करिब २८ जना सकलदर्जाहरुबाट विभिन्न समूहको रक्तदान गरी विभिन्न प्रकारका बिरामीको ज्यान जोगाउन सफल भएको सह सेनानी कार्कीले बताउनुभयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *