त्रिकोणात्मक सिरिज खेल्ने अमेरिकी टिम काठमाडौं आईपुग्यो

काठमाडौं । त्रिकोणात्मक सिरिजका लागि अमेरिकी क्रिकेट टिम नेपाल आइपुगेको छ । भारतको मुम्बईमा करीव १० दिनको बन्द प्रशिक्षण सकेर अमेरिकी टिम आईतबार राति काठमाडौं आएको हो।
मुम्बईमा प्रशिक्षण र तीन वटा अभ्यास खेल खेलेर अमेरिकी टिम प्रतियोगिता भन्दा तीन दिन अगाडी काठमाडौं पुगेको हो । आइसीसी विश्वकप क्रिकेट लिग दुईको तालिकाको शिर्ष स्थानमा रहेको अमेरिकाले मुम्बईमा तीन अभ्यास खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको थियो । उसले पहिलो खेलमा जित निकालेपछि त्यसपछिका लगातार दुई खेलमा हार भोगेको थियो ।
अमेरिकी टिमले काठमाडौंमा सोमबार कीर्तिपुरमा अभ्यास गर्नेछ । यस्तै मंगलबार मुलपानी मैदानमा नेपालसँग अभ्यास खेल खेल्नेछ । अमेरिकाले लिग दुईको पहिलो खेलमा ओमानसँग खेल्नेछ ।
त्यसपछि उसले आफ्नो दोस्रो खेलमा शनिबार नेपालसँग खेल्नेछ । अमेरीकाले करिव १० बर्षपछि नेपाली भूमीको प्रतियोगिता खेल्दैछ । अन्तिम पटक सन् २०१० मा उसले आइसीसी विश्व क्रिकेट लिग डिभिजन पाँच खेलेको थियो । जसमा टिम उपविजेता बनेको थियो । सो बेला खेलेका टिमका कुनैपनि खेलाडी अहिले छैनन् ।
Facebook Comment