टोटनह्यामसँग हार्यो म्यानचेस्टर सिटी, लिभरपुलसँग अंक दूरी घटाउने मौका गुम्यो

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले सिटीमाथि २-० गोल अन्तरको जित हासिल गरेको हो ।
टोटनह्यामको जितमा स्टेभेन बेर्गविजन र सन हेंग मीनले एक एक गोल गरेका थिए । स्टेभेनले टोटनह्यामका लागि डेभ्यु खेलमा डेभ्यु गोल गरेका हुन् । उनी जनवरी ट्रान्सफरमा डच क्लब पिएसभीबाट टोटनह्याम आएका हुन् ।
सिटीका ओलेक्संडर जिन्चेन्कोले खेलको ६०औ मिनेटमा रातो कार्ड पाउदा सिटी १० खेलाडीमा सिमित भएको थियो । योसँगै टोटनह्यामले २०१६ पछि पहिलो पटक म्यानचेस्टर सिटी माथि प्रिमियर लिगमा जित हासील गरेको छ ।
सिटीको हारसँगै लिभरपुलसँगको अन्तर २२ अंकमा पुगेको छ । सिटीको २५ खेलमा ५१ अंक छ भने लिभरपुलको २५ खेलमा ७३ अंक रहेको छ । त्यस्तै टोटनह्यामको २५ खेलपछि ३७ अंक भएको छ भने लिगको पाँचौ स्थानमा रहेको छ ।
Facebook Comment