एमसीसी कार्यदलको पहिलो बैठक, अध्ययन गर्ने विषयबारे छलफल

डिसी नेपाल
२० माघ २०७६ २१:२२

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बारे सुझाव दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा गठिन कार्यदलले काम शुरु गरेको छ । पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित समितिको सोमबार बसेको बैठकमा एमसिसी सम्झौतासम्बन्धी के कस्ता विषय अध्ययन गर्ने भन्नेबारे छलफल भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ ।

आइतबार सम्पन्न नेकपा केन्द्रीय कमिटी बैठकले एमसिसीबारे सुझाव दिन पार्टी वरिष्ठ नेता खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सदस्यमा रहेका छन् । एमसिसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न ५१ अर्ब दिने सम्झौतामा उल्लेख छ । सम्झौतामा एमसिसीलाई संघीय संसद्ले अनुमोदन गर्नुपर्ने जनाइएको छ । समितिले १० दिनभित्रमा पार्टीलाई प्रतिवेदन बुझाउनुपर्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *