सरुवा भइसकेपछि पनि विदेश जान मरिहत्ते

डिसी नेपाल
२१ माघ २०७६ ९:१५

काठमाडौं। आफू कार्यरत विभागबाट सरुवा भइसकेपछि पनि वैदेशिक रोजगारी विभागका महानिर्देशक डा. भिष्मकुमार भुसालले पुरानै विभागका तर्फबाट विदेश जान मरिहत्ते गरेका छन्।

सरकारले सरुवा गरिसकेपछि अर्कै पदीय हैसीयत बनिसकेपनि बैदेशिक विभागको महानिर्देशककै हैसीयतले उनले कुवेतको १५ दिने भ्रमण तय गरेका हुन्। तर १५ दिनको कार्यक्रम सात दिनमा घटाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ।

सरकारले माघ २० गते भुसाललाई बैदेशिक रोजगार विभागबाट अख्तियार दुरुपयोग असुन्धान आयोगमा सरुवा गरेको थियो। श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले उनको सरुवा गर्न चाहेका थिएनन्, तर भुसालले नै अख्तियारमा जाने इच्छा देखाएपछि उनको सरुवा भएको थियो।

आफू कार्यरत विभागबाट अर्कै निकायमा सरुवा भएर जाँदासमेत पुरानै विभागको हैसीयतमा विदेश जान भुसाल तयार भएका हुन्। भुसालले १५ दिनको कुवेत भ्रमण तय गरेका थिए। श्रम तथा रोजगार मन्त्रालयका सचिव विनोद केसीले सरुवा भइसकेको अवस्थामा विदेश भ्रमणमा जान उचित नहुने सुझाव दिएका थिए। त्यसपछि भुसालको कुवेत भ्रमण सात दिनका लागि छोट्याइएको स्रोतले जनाएको छ।

तर सचिव केसीले भने भुसालको सरुवा भएको पत्र आइ नपुगेको र आफूले पत्रपत्रिकामार्फत मात्रै सुरुवा भएको थाहा पाएको बताए। ‘उहाँको (भुसाल) सरुवा भएको पत्र आइ पुगेको छैन। मैले पनि पत्रपत्रिकामार्फत सुरुवा भएको थाहा पाएँ,’ सचिव केसीले डिसी नेपालसँग भने, ‘झन विदेश जाने कुरा त मेरो जानकारीमा नै छैन। यो विषयमा उहाँले मलाइ केही पनि भन्नु भएको छैन।’

भुसालको विदेश भ्रमण सुरुवा हुने बेलामा तय भएको थियो। सरुवा भइसकेपछि नैतिक हिसावले विभागको प्रतिनिधित्व गर्न मिल्दैन भन्दै मन्त्रालयमा नै छलफल भएपनि भ्रमण टुंगो भइसकेकाले विदेश भ्रमणबाट फर्किइसकेपछि मात्रै रवाना बुझ्ने भुसालले अडान राखेको स्रोतले जनाएको छ भुसाल बुधबार कुवेत जाँदैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *