एमसीसी कार्यान्वयनको विवादका बीच अमेरिकी उपसहायक विदेश मन्त्री नेपालमा

डिसी नेपाल
२१ माघ २०७६ ९:४४

काठमाडौं। अमेरिकी उप सहायक विदेश मन्त्री जोनाथन हेनिक नेपाल आएका छन् । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन लागू गर्ने तयारी भइरहेका बेला उनको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

उनले नेपालमा को–कोसँग भेटवार्ता गर्नेछन् भन्ने खुलासा भइसकेको छैन । यद्यपि पछिल्लो समय एमसीसी कार्यान्वयनका विषयमा भइरहेको मत विभाजनलाई हेर्दा उनको भ्रमण एमसीसी कार्यान्वयनका लागि वातावरण बनाउनेतर्फ केन्द्रित हुने अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *