असल शासन पद्धतिमा सघाउँन राष्ट्रिय व्यवस्थापन सम्मेलन शुक्रबार

डिसी नेपाल
२१ माघ २०७६ १६:२८

काठमाडौं । कुशल व्यवस्थापनको माध्यमबाट असल शासन पद्धति कायम गरी आर्थिक–सामाजिक विकासमा सघाउँदै आएको नेपाल व्यवस्थापन संघले आगामी शुक्रबार राजधानीमा राष्ट्रिय व्यवस्थापन सम्मेलन आयोजना गर्ने भएको छ ।

संघले मंगलबार पत्रकार सम्मेलन गरेर सोही दिन ३९औँ वार्षिक साधारणसभाका साथै राष्ट्रको सर्वोपरि हितका खातिर योगदान गरेका प्रशासकलाई राष्ट्रिय व्यवस्थापन पुरस्कार उपपराष्ट्रपति नन्दबहादुर पुनबाट प्रदान गर्ने जनाएको छ ।

शुक्रबार नै एशियाली देशका राष्ट्रिय व्यवस्थापन संघहरूको छाता सङ्गठनका रुपमा रहेको एशियाली व्यवस्थापन संघले नेपाल व्यवस्थापन संघसँग मिलेर दक्षिण एशियाको सामाजिक–आर्थिक क्षेत्रमा योगदान गरेका विशिष्ट व्यक्तिलाई सम्मान गरिने भएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार उक्त सम्मान प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *