आफ्नै क्लवका प्राविधिक निर्देशकमाथि खनिए मेस्सी

काठमाडौँ । लियोनेल मेसी र बार्सिलोनाका पुर्व खेलाडी एवं हाल प्राविधिक सेक्रेटरी एरिक अबिडालबीच नयाँ विवाद भएको छ । खेलाडीको प्रदर्शनका बारेमा प्राविधिक सचिव रहेका अबिडालले आलोचना गरेपछि मेसीले उनलाई जवाफ दिएका हुन् ।
गोल डटकमका अनुसार अबिडालले एक अन्तर्वार्ताका क्रममा केहि खेलाडीहरुले इर्नेस्टो भालभेर्डो प्रशिक्षक हुदा आफ्नो क्षमता अनुसार नखेलेको आरोप लगाएका थिए । उनले धेरै खेलाडी खुशी नभएको र उनीहरु राम्रो नखेलेको बताउदै आन्तरिक कम्युनिकेसनमा समेत समस्या रहेको बताएका थिए ।
खेलाडी र प्रशिक्षकबीच राम्रो सम्बन्ध रहेपनि पुर्व खेलाडीको हैसियतले आफुले केहि समस्या रहेको देखेको बताएका थिए । प्रशिक्षक भालभेर्डेलाई सुपरकोपामा एटलेटिकोसँग हारेपछि जनवरीमा बर्खास्त गरिएको थियो । अबिदाल को टिप्पणीबाट बार्सिलोनाका कप्तान समेत रहेका मेसी असन्तुष्ट रहदै अबिडाललाई सो टिप्पणी पुरै टिमका बारेमा हो या कसका बारेमा हो नाम उल्लेख गर्न चुनौती दिएका छन् ।
मेसीले इन्स्टाग्राममा जवाफ दिदै भनेका छन् – ‘इमान्दार साथ भन्दा म यस्तो कमेन्ट गर्न चाहन्थे तर मलाइ लाग्यो आफ्नो कामका लागि सबै जिम्मेवार छन् र सबैले आफ्नो निर्णयका लागि जिम्मेवारी लिनुपर्छ ।’
मेसीले अगाडी भनेका छन् – ‘खेलाडी मैदानमा जे हुन्छ त्यसका लागि जिम्मेवार हुन्छन् तर हामीलाई यो पनि थाहा हुनुपर्छ हामि कहिले राम्रो खेलेनौ । जो क्लबको स्पोर्टिंग डिरेक्सन टिममा छन् उनीहरुले पनि आफ्नो जिम्मेवारी बारे महसुस गर्नुपर्छ र उनीहरुले पनि आफ्ना निर्णय बारे जिम्मेवार हुनुपर्छ ।’
मेसीले भनेका छन् – ‘अन्त्यमा जब कसैले खेलाडीको बारेमा कुरा गर्छ खेलाडीको नाम लिएर गर्नुपर्छ, अन्यथा सबैलाई भनेको बुझिने छ, जुन ठिक होइन ।’ पछिल्लो समय ला लिगामा रियल म्याड्रिडभन्दा ३ अंकले पछि परेपछि बार्सिलोना दबाबमा देखिएको बेला यस्तो आरोप प्रत्यारोपको घटना भएको हो ।
Facebook Comment