आइसीसी विश्वकप लिग २ः पहिलो ओभरमै नेपाललाई सफलता

काठमाडौं। आइसीसी विश्वकप लिग २ अन्तर्गत आज ओमानविरुद्ध जारी खेलमा पहिलो ओभरमै नेपाललाई सफलता मिलेको छ । पहिलो ओभरको अन्तिम बलमा नेपालले विकेट लिएको हो । करण केसीले ओमानका जतिन्दर सिंहलाई बोल्ड गरेका हुन् ।
यो लिग २०२३ को विश्वकपसम्म पुग्ने बाटो हो । जारी सिरिजमा नेपालले ओमान र अमेरिकासँग २–२ एकदिवसीय खेल्नेछ । ओमान र अमेरिका पनि एक आपसमा २ खेल खेल्नेछन् । आजको खेल नेपालको लिग २ मा डेब्यू खेल हो ।
प्रतिक्रिया
Facebook Comment